शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

उतारचढावबीच सेयर बजारमा दोहोरो अंकको वृद्धि, गति समात्ने आशमा लगानीकर्ता

सोमबार, माघ २२ २०८०
उतारचढावबीच सेयर बजारमा दोहोरो अंकको वृद्धि, गति समात्ने आशमा लगानीकर्ता

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत उतारचढावमा रहेको सेयर बजारमा ओरालो यात्रा थामिएको छ। पछिल्ला तीन कारोबारमा नै ५७ अंकले घटेको बजार यो साता दोस्रो कारोबारमा उतारचढावबीच दोहोरो अंकले बढेको हो। 

सोमबार १४.५७ अंकले बढेर बजार २०७६.२७ बिन्दुमा पुगेको छ। १४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ४३ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता सुरुका तीन कारोबारमा बढेर पछिल्ला दुई कारोबार घटेको बजारमा यो साता आइतबारको कारोबार पनि घटेको थियो।आइतबार ५.३१ अंकले घटेर बजार २०६१.७० बिन्दुमा झरेको थियो।

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्‍थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार २००० र २१०० बिन्दु वरिपरि नै देखिन्छ। 

केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तलमाथि गरिरहेको छ। अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : सोमबार, माघ २२ २०८०१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend