शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सुधारको अपेक्षाविपरीत पुन: कमजोर देखियो सेयर बजार, ३ अर्ब २१ करोडको कारोबार

आइतबार, माघ २१ २०८०
सुधारको अपेक्षाविपरीत पुन: कमजोर देखियो सेयर बजार, ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत उतारचढावमा रहेको सेयर बजारमा यो साता पहिलो कारोबार घटेको छ। गएको साता सुरुका तीन कारोबारमा बढेर पछिल्ला दुई कारोबार घटेको बजारमा यो साता आइतबारको कारोबार पनि घटेको हो। 

यो साता पहिलो कारोबारमा आइतबार ५.३१ अंकले घटेर बजार २०६१.७० बिन्दुमा झरेको छ। १०४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ। १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

गएको साता पहिलो तीन कारोबारमा लगातार बढे पनि चौथो र पाँचौँ कारोबारमा बजार पुन: घटेको थियो। आइतबार १०.३७ अंकले बढेको सेयर बजार सोमबार पनि १०.२६ अंकले बढेको थियो। मंगलबार पनि वृद्धितर्फकै साथ मिल्दा १४.८८ अंकले बढेको थियो। बुधबार २१.६७ अंकले घटेको बजार बिहीबार पनि ३०.९२ अंकले घटेको थियो।

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्‍थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार २००० र २१०० बिन्दु वरिपरि नै देखिन्छ। 

केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तल झरिरहेको छ। अहिले आएको गिरावटले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : आइतबार, माघ २१ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend