शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

विगतमा ५० प्रतिशतसम्म लाभांश दिएको महिला लघुवित्तले यो वर्ष लाभांश नदिने

शुक्रबार, माघ १९ २०८०
विगतमा ५० प्रतिशतसम्म लाभांश दिएको महिला लघुवित्तले यो वर्ष लाभांश नदिने

दोस्रो बजारमा बिहीबार कम्पनीको सेयर मूल्य १ हजार ७ सय ४९ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई रित्तोहात बनाउने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ।

माघ १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

दोस्रो बजारमा बिहीबार कम्पनीको सेयर मूल्य १ हजार ७ सय ४९ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीले विगतमा आकर्षक लाभांश दिएपनि यो वर्ष नदिने निर्णयले सेयर मूल्यमा झनै असर गर्न सक्ने देखिन्छ।

लघुवित्तको पछिल्लो एक वर्षमा सेयर मूल्य ५६ प्रतिशतले घटिसकेको छ। पछिल्लो दुई वर्ष लघुवित्तले ५० प्रतिशत भन्दा बढीका दरले लाभांश दिँदै आएको थियो।


प्रकाशित : शुक्रबार, माघ १९ २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend