शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

३० अंकले घट्यो सेयर बजार, १९ कम्पनीको सेयर मूल्य बढ्दा चार अर्बभन्दा बढीको कारोबार

बिहीबार , माघ १८ २०८०
३० अंकले घट्यो सेयर बजार, १९ कम्पनीको सेयर मूल्य बढ्दा चार अर्बभन्दा बढीको कारोबार

उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशामा संगठित लगानीकर्ताहरू रहेका छन्।

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत निरन्तर ओरालाे लागेको सेयर बजार यो साताको अन्तिम कारोबारमा पनि घटेको छ। यो साता तीन कारोबारमा लगातार बढेको बजार पछिल्ला दुई कारोबारमा निरन्तर घटेको हो।

बिहीबार ३०.९२ अंकले घटेर बजार २०६७ बिन्दुमा ओर्लिएको छ। १९ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा चार अर्ब १८ करोड ६ लाख रूपैयाँको कारोबार भएको छ। बिहीबार २ सय २६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

यो साता आइतबार १०.३७ अंकले बढेको सेयर बजार सोमबार पनि १०.२६ अंकले बढेको थियो। मंगलबार पनि वृद्धितर्फकै साथ मिल्दा १४.८८ अंकले बढेर बजार २११९.६१ बिन्दुमा पुगेको थियो। 

बुधबार भने २१.६७ अंकले घटेर बजार २०९७.९३ बिन्दुमा झर्दा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको थियो।

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्‍थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार यही बिन्दु वरिपरि नै देखिन्छ।

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिएको हो। अहिले आएको गिरावटले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्।

उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशामा संगठित लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : बिहीबार , माघ १८ २०८०१५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend