बिहीबार , वैशाख २७ गते २०८१    
images
images

भूमिगत पानीको अवस्था र गुणस्तर परीक्षणका लागि २० ठाउँमा 'मनिटरिङ वेल' जडान

images
images
images
भूमिगत पानीको अवस्था र गुणस्तर परीक्षणका लागि २० ठाउँमा 'मनिटरिङ वेल' जडान

कुन ठाउँको पानीको गुणस्तर कस्तो छ भन्ने थाहा पाउन अहिले बनाइएका मनिटरिङ वेलहरूमा सेन्सर राखेर रियल टाइम डाटा कलेक्सन गरिँदैछ।

images
images

काठमाडौं- भूमिगत पानीको अवस्था र गुणस्तर परीक्षणका लागि काठमाडौं उपत्यकाको २० ठाउँमा 'मनिटरिङ वेल' जडान भएको छ।

images
images
images

काठमाडौं उपत्याका खानेपानी व्यवस्थापन बोर्डका हाइड्रोजियोलोजिस्ट प्रविण चन्द्र केसीले २१ वटामध्ये २० वटा मनिटरिङ वेल जडान भएको बताएका छन्। अब एउटा मनिटरिङ वेल सिंहदरबारभित्र जडान गर्न बाँकी रहेको उनले बताए।

images

उनका अनुसार पानीपोखरी, बाँसबारी, आरुबारी, बालकुमारी, कटुन्जे, सल्लाघारी, भक्तपुरको बाँसबारी, हरिसिद्धी, ढोलाहिटी, भैँसेपाटी, धोबीघाट,जावलाखेल, रत्नपार्क, टोखा र‍ोड र बुढानिलण्ठमा मनिटरिङ वेल जडान भइसकेको छ।

images

जडान भएका मनिटरिङ वेलमध्ये केहीबाट भूमिगत पानी रहेको लेभलको डाटा संकलनको काम सुरु भइसकेको छ। यो परियोजना २०८० भित्रै सक्ने बोर्डले जनाएको छ।

images
images

सुरुवाती चरणमा बोर्डले मनिटरिङ वेलमार्फत भूमिगत पानीको तहको विवरण लिने भएको छ। साथै भूमिगत पानीको गुणस्तरसमेत परीक्षण हुने छ। 

यसैगरी कुन ठाउँको पानीको गुणस्तर कस्तो छ भन्ने थाहा पाउन अहिले बनाइएका मनिटरिङ वेलहरूमा सेन्सर राखेर रियल टाइम डाटा कलेक्सन गर्न लागिएकोसमेत केसीले बताए।

यो प्रविधिबाट तथ्यांक सिधै कार्यालयमा नै आउने उनले जानकारी दिए। यसबाट नै डाटा विश्लेषण गर्ने केसीले बताए। तर यसबाट कसले कति पानी निकालेको छ भन्ने विवरण भने थाहा हुँदैन। कसले कति पानी निकालेको छ त्यसको विवरण पानी निकाल्नेले प्रयोग गरेको मिटरबाट मात्रै थाहा हुने छ। तर पानीको तह भने यो मनिटरिङ वेलमार्फत थाहा हुने उनले बताए।

बोर्डसँग अहिलेसम्म दैनिक कति पानी तानिएको छ र कति रिजर्भ छ भन्ने विषयमा कुनै अध्ययन तथा तथ्यांक छैन। 

कतिपय अध्ययनले भने काठमाडौं उपत्यकामा पानी निकालिरहेको अवस्थामा नै रिचार्ज पनि भइरहेको देखाएको छ। तर त्यसमा पानीको मात्रा घटबढ भइरहेको भने देखाएको छ। कतिपयमा पानी निकालेको ठाउँमा रिचार्ज नभएकोसमेत देखिएको छ। 

सन् २०१७ मा बोर्डले नै एउटा अध्ययन गराएको थियो। उक्त अध्ययनले भइरहेको वाटर ट्यूबवेलहरूको आधारमा धेरैजसो उत्तरी क्षेत्रमा पानीको तह नघटेको देखाएको बोर्डले जनाएको छ। तर मौसमअनुसार भने त्यो निचोड फरक छ। असारपछि सबै पानीको सतह नरम रुपमा नै रिजार्च (पुनर्भरण) भएको देखिएको छ।

अब उपत्यकाभित्र भूमिगत पानी कति छ भनेर अहिले जडान भइरहेका मनिटरिङ वेलले सहयोग गर्ला भन्नेका आफूहरू आशावादी रहेको केसी बताउँछन्।

उपत्यकाको पानीको तह विभिन्न रुपमा रहेको उनले बताए। भूमिगत पानीको तथ्यांक निकाल्ने काम एकदम जटिल रहेको र अहिलेसम्म आफूहरूसँग भएको प्रविधिले थाहा पाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। अब भने नयाँ जडान गरिएका मनिटरिङ वेलबाट केही तथ्यांक आउने उनले बताए। 

'अहिले हामीले मनिटरिङ वेलमार्फत केही तथ्यांक निकालिरहेका छौँ। साथै विभिन्न समयमा भएको अध्ययनको निष्कर्षबाट पनि तथ्यांक निकाल्ने काममा प्रयास गरिरहेका छौँ। अध्ययनले उपत्यकामा अहिले पानी रिचार्ज भइरहेको देखाएको छ। सामान्य क्षेत्र (उत्तरी क्षेत्र) मा चाहिँ पानी रिचार्ज नर्मल रुपमा नै भइरहेको देखाएको छ' केसीले भने।

'अर्धसंवेदनशील क्षेत्रमा दक्षिण क्षेत्र/मध्य क्षेत्रमा पनि पुरानो पानी मात्रै झिकिएको छैन, रिजार्च पनि भइरहेको देखाउँछ,' केसीले भने, 'अब अहिले हामीले गर्न लागेको मनिटरिङ वेलबाट पानीको लेभलको लङटर्मको डाटा थाहा पाउन सकिने अवस्था हुन्छ। जस्तै कुन ठाउँबाट कुन ठाउँमा पानी कतातिर बगिरहेको छ भनेर थाहा पाउन सकिन्छ। तर यसका लागि २ देखि ५ वर्षको तथ्यांक चाहिन्छ। यसका लागि भर्खर काम गर्न थालेका छौँ। त्यसपछि लोकल तथा रिजनल रुपमा पनि कुन ठाउँबाट कता पानी बगिरहेको छ भनेर भन्न सकिन्छ।'

'मनिटरिङ वेलमार्फत भूमिगत पानीको अवस्था र गुणस्तर परीक्षण गरिँदै छ' 'मनिटरिङ वेलमार्फत भूमिगत पानीको अवस्था र गुणस्तर परीक्षण गरिँदै छ'

भूमिगत पानीको अनियन्त्रित दोहनका सम्बन्धमा अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 

images

प्रकाशित : बिहीबार , माघ १८ २०८०११:४९
  • सम्बन्धित विषय:

  • # भूमिगत पानीको दोहन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend