शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा फेरि रोकियो वृद्धि, पुन: २१०० बिन्दुबाट तल

बुधबार, माघ १७ २०८०
सेयर बजारमा फेरि रोकियो वृद्धि, पुन: २१०० बिन्दुबाट तल

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार ९१.०४ अंकले घटेर धरमराएको सेयर बजार यो साता तीन कारोबारमा लगातार बढे पनि चौथो कारोबारमा पुन: घटेको छ। लगातार ३५.५१ अंकले बढेपछि बजार घटेको हो।

बुधबार २१.६७ अंकले घटेर बजार २०९७.९३ बिन्दुमा झरेको छ। २९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार १०.३७ अंकले बढेको सेयर बजार सोमबार पनि १०.२६ अंकले बढेको थियो। मंगलबार पनि वृद्धितर्फकै साथ मिल्दा १४.८८ अंकले बढेर बजार २११९.६१ बिन्दुमा पुगेको थियो। 

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्‍थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार यही बिन्दु वरिपरि नै देखिन्छ। 

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिएको हो। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तल झरिरहँदा पछिल्ला तीन कारोबार भने हरियाली देखिएको थियो तर बुधबार पुन: बजार घट्यो। 

अहिले आएको गिरावटले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : बुधबार, माघ १७ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend