शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

वैदेशिक रोजगारीमा गएका ५ हजारभन्दा बढीले पाए सर्वोत्तम सिमेन्टको ५० कित्ता आईपीओ

बुधबार, माघ १७ २०८०
वैदेशिक रोजगारीमा गएका ५ हजारभन्दा बढीले पाए सर्वोत्तम सिमेन्टको ५० कित्ता आईपीओ

स्वीकृत आवेदनमध्ये ५ हजार ३ सय ४० आवेदकलाई ५० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको हो।

काठमाडौं- सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

सो सेयरमा कुल ३३ हजार ८२४ जनाले २१ लाख ३९ हजार २२० कित्ता खरिदका लागि आवेदन दिएका थिए।

जसमध्ये १४ आवेदन रद्द भएको छ भने ३३ हजार ८१० आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको छ।


प्रकाशित : बुधबार, माघ १७ २०८०१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend