शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब पुर्‍याइने,  कार्ययोजना पेश गर्न निर्देशन

बुधबार, माघ १७ २०८०
पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब पुर्‍याइने,  कार्ययोजना पेश गर्न निर्देशन

नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब छ भने हिमालयन पुनर्बीमा कम्पनीको १० अर्ब रहेको छ।

काठमाडौं- नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई चुक्ता पुँजी बढाउने कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।

न्यूनतम चुक्ता पुँजी २० अर्ब पुर्‍याउने तयारी गरेको प्राधिकरणले १५ दिनभित्र कार्ययोजना पेस गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो। 

कम्पनीहरूले कार्योजना पेश गरेपछि प्राधिकरणले चुक्ता पुँजीको औपचारिक निर्देशन समयसीमासहित दिने तयारी गरेको छ। 

हाल न्यूनतम चुक्ता पुँजी १० अर्ब हुनुपर्ने व्यवस्था रहेको छ। यसलाई २० अर्ब पुर्‍याउनुपर्ने आवश्यकता देखिएको र त्यसका लागि कार्ययोजना पेश गर्न १५ दिने समयसीमा दिइएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। 

नेपालमा हाल दुईवटा पुनर्बीमा कम्पनी रहेका छन्। नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा कम्पनी छन्। यी दुवै कम्पनीलाई पुँजीवृद्धिको कार्ययोजना पेश गर्न १५ दिनको समयसीमा दिइएको हो। 

नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब छ भने हिमालयन पुनर्बीमा कम्पनीको १० अर्ब रहेको छ। 

जीवन र निर्जीवन बीमा कम्पनीहरूलाई यसअघि नै दिइएको पुँजीवृद्धिको निर्देशन अझै पूरा भएको छैन। जीवनबीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड पुँजी पुर्‍याउनुपर्ने तोकिएको छ। 


प्रकाशित : बुधबार, माघ १७ २०८०१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend