आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

चिसो बढेसँगै अन्नपूर्ण पदमार्गमा घटे पर्यटक, व्यवसायी भन्छन् - आम्दानी शून्य छ

images
images
images
चिसो बढेसँगै अन्नपूर्ण पदमार्गमा घटे पर्यटक, व्यवसायी भन्छन् - आम्दानी शून्य छ

'पर्यटकको चाप हुँदा दैनिक ३०/४० हजार रूपैयाँसम्म आम्दानी हुन्थ्यो तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ', एक व्यवसायीले भने।

images
images

लमजुङ- विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन्। दैनिक तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले विदेशी पर्यटक आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ।

images
images
images

यतिबेला चिसो बढ्न थालेसँगै पर्यटक ह्वातै घटेको केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए। गर्मीयाम सुरु नभएसम्म यसरी पर्यटक घट्दै जाने र पर्यटन व्यवसायीहरुको आम्दानीसमेत नहुने उनको भनाइ थियो। ३५ हजारभन्दा बढी पर्यटन व्यवसायी यस पदमार्गमा छन्। यीमध्ये अधिकांश व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको छ।

images

अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्ष्य गरेर पदमार्ग आसपासमा दर्जनौँ होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेका छन्। पर्यटक घट्दा आम्दानीसमेत नहुने भएकाले परिवारको दैनिक गुजारा चलाउन समस्या हुने उनीहरूको गुनासो थियो।

images

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ जगतका पच्चबहादुर गुरुङले भने, 'पर्यटकको चाप हुँदा दैनिक ३०/४० हजार रूपैयाँसम्म आम्दानी हुन्थ्यो तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ।' चिसो बढेकाले पर्यटक पदमार्गमा नआउँदा आम्दानी हुन छाडेपछि चिन्तित बनाएको उनको भनाइ थियो।

images
images

अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङको पनि उस्तै पीडा छ। लामो समयपछि लयमा फर्किरहेको पर्यटन व्यवसाय यतिबेला पर्यटक आगमन घटेसँगै आम्दानी पनि कम हुन पुगेको छ। दैनिक ३०/३५ हजार रूपैयाँ आम्दानी हुने गरे पनि यतिबेला पदमार्गमा पर्यटक शून्यजस्तै बनेसँगै आम्दानी नहुँदा परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्तामा रहेको उनको भनाइ थियो।

पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज र प्राकृतिक सुन्दरताको अवलोकन गर्नाका साथै मनाङबाट थुम्रापास भएर मुस्ताङ वा पोखरा जान पर्यटक अन्नपूर्ण पदमार्ग प्रयोग गर्छन्। सो पदमार्गले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडेको छ।

विश्वकै दश उत्कृष्ट पदमार्गमा पर्ने यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहरमा छ। पदमार्ग सुनसान हुँदा पर्यटन व्यवसायी मात्र नभई सयौँ सङ्ख्यामा होटलमा आबद्ध कर्मचारी, भरिया तथा पर्यटकका लागि पथप्रदर्शकको काम गर्दै आएकाहरुलाई समेत समस्या पर्न थालेको छ। रासस

images

प्रकाशित : मंगलबार, माघ १६ २०८००४:५०

प्रतिक्रिया दिनुहोस