शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लगातार तेस्रो कारोबारमा हरियाली, सेयर बजारले पाउला वृद्धितर्फको लय?

मंगलबार, माघ १६ २०८०
लगातार तेस्रो कारोबारमा हरियाली, सेयर बजारले पाउला वृद्धितर्फको लय?

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार ९१.०४ अंकले घटेर धरमराएको सेयर बजार यो साता भने अहिलेसम्मका तीनै कारोबारमा वृद्धितर्फ लागेको छ। लगातार सात कारोबारमा ओरालो लागेको सेयर बजार पछिल्ला तीन कारोबारमा भने बढेको हो।

यो साता आइतबार १०.३७ अंकले बढेको सेयर बजार सोमबार पनि १०.२६ अंकले बढेको थियो। मंगलबार पनि वृद्धितर्फकै साथ मिल्दा १४.८८ अंकले बढेर बजार २११९.६१ बिन्दुमा पुगेको छ। १५२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ। ८५ कम्पनीको सेयर मूल्य घटेको बजारमा १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्‍थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार यही बिन्दु वरिपरि नै देखिन्छ। 

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिएको हो। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तल झरिरहँदा पछिल्ला तीन कारोबार भने हरियाली देखिएको छ। 

लगातार सात कारोबारमा आएको गिरावटले भने लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका थिए। आइतबार, सोमबार र मंगलबारको वृद्धिले बजार २२०० को बिन्दुतर्फ नै बढेको छ। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : मंगलबार, माघ १६ २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend