काठमाडौं- आइतबारको सेयर बजारसूचक नेप्से ७२.३० अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ७२.३० अंकले घटेर नेप्से २५१३.८९ बिन्दुमा झरेको छ।
सबै क्षेत्रका सूचकहरू नकारात्मक भएको बजारमा आज ९ कम्पनीका सेयरधनी भने फाइदामा रहेका छन्। यी नौ कम्पनी र दुईवटा म्युचअल फन्ड बाहेक सूचीकृत भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ।
आज न्यादी हाइड्रोकव सेयर मूल्य १० प्रतिशतले बढेको छ। बाँकी तीन कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले बढेको छ। बाँकी सबैको मूल्य १ प्रतिशतभन्दा न्यून वृद्धि भएको छ।
आज सेयर मूल्य बढ्ने कम्पनीहरूमा न्यादीसँगै नयाँ सारथी लघुवित्त, मैलुङखोला जलविद्युत,युनिलिभर, नारायणी डेभलपमेन्ट बैंक,अजोड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र बोटलर्स नेपालको सेयर मूल्य वृद्धि भएको छ।
अनुमानभन्दा बाहिर जाँदै सेयर बजार, अब के होला?