शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लगातार ९१ अंकले घटेपछि थामियो सेयर बजारको ओरालो यात्रा

१० अंकले बढेको बजारमा ३ अर्ब ८३ करोडको कारोबार

आइतबार, माघ १४ २०८०
लगातार ९१ अंकले घटेपछि थामियो सेयर बजारको ओरालो यात्रा

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार सात कारोबारमा ओरालो लागेको सेयर बजारमा यो साता पहिलो कारोबारमा सुधारतर्फ देखिएको छ। लगातार ९१.०४ अंकले घटेको बजारमा ओरालो यात्रा थामिएको हो।

आइतबार १०.३७ अंकले बढेर बजार २०९४.४६ बिन्दुमा पुगेको छ। १७३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। ७० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पाँच कारोबारमा नै सेयर बजार घटेको थियो। आइतबार २५.६३ र सोमबार ३१.४९ अंकले घटेको बजार मंगलबार ०.४० अंकले घटेको थियो। बुधबार १०.२५ अंकले घटेको बजार बिहीबार ३.९४ अंकले घटेको थियो। त्यसअघिको साता अन्तिम दुई कारोबारमा बुधबार १२.१० अंकले र बिहीबार ७.२४ अंकले बजार घटेको थियो। 

उतारचढावपूर्ण बजार सुधारतर्फ लागिरहँदा पछिल्लो सातायता भने कारोबार लगानीकर्ताले सोचेजस्तो हुन सकेको छैन।

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिन्छ। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तल झरिरहेको छ।

बजारको अहिलेको अवस्था उही बिन्दु वरपर नै तलमाथि भइरहने नै छ। लामो समय १९०० को बिन्दु आसपास उतारचढावमा रहेको बजार अहिले २१०० बिन्दु वरपर घुमिरहने देखिएको विश्लेषकहरू बताउँछन्।

लगातार सात कारोबारमा आएको गिरावटले भने लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। आइतबार बजार थामिए पनि उल्लेख्य वृद्धितर्फको बाटो देखिन सकेको छैन। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : आइतबार, माघ १४ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend