मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

प्रभु, हिमालयनसहित ६ बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

images
शुक्रबार, माघ १२ २०८०
images
images
प्रभु, हिमालयनसहित ६ बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

राष्ट्र बैंकको निर्देशन उल्लघंन गरेको भन्दै राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको हो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले ३ वाणिज्य बैंक, २ विकास बैंक र १ वित्तीय कम्पनीलाई नियामकीय कारबाही गरेको छ।

images
images

राष्ट्र बैंकको निर्देशन उल्लघंन गरेको भन्दै राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको हो।

images
images

राष्ट्र बैंकको एकीकृत निर्देशनको विपरित प्रिमियम दर बढाएर ग्राकहबाट ब्याज असुली गरेको रकम फिर्ता नगरेको, कर्जाको दुरुपयोग गरेको, डेप्ट क्विटी अनुपात नमिलेको अवस्थामा पर्याप्त कर्जा नोक्सानी नगरेको, निष्क्रिय वर्गमा रहेका कर्जाको समेत पुर्नतालिकीकरण गरेको भन्दै राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई नसिहत दिएको छ।

images
images
images

यस्तै प्रभु बैंकले राष्ट्र बैंकको निर्देशन विपरित कर्जा नोक्सानी वापत कायम गर्ने व्यवस्था कायम नगरेको, रिक्स प्रिमियम वृद्धि गरेर ब्याज असुलउपर गरेको, पुँजी पर्याप्त गणना गर्दा विभिन्न कर्जाहरुमा क्यापिटल एड्युकेसी फ्रेमवर्क विपरित कर्जाको जोखिमभार कम प्रदान गरेकाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

यस्तै हिमालयन बैंकले पुँजी पर्याप्तता अुनपात गणना गर्दा पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्युन कायम गरी पुँजी पर्यापत्त अनुपात वास्तविकभन्दा अधिक रिपोर्टिङ गरेको भन्दै राष्ट्र बैंकले नसिहत दिएको छ।

मुक्तिनाथ विकास बैंकले निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लघंन गरेको, गरिमा विकास बैंकका संचालक डा.आनन्दप्रकाश श्रेष्ठ र अन्य व्यक्तिको नाममा संचालनमा रहेको संयुक्त खातामा बीमा कम्पनी खोल्ने उद्देश्यले सर्वसाधारण तथा वित्तीय संस्थापकबाट समेत आवेदन रकम संकलन गर्ने कार्य भएको तथा सो खाताबाट विभिन्न चरणमा खर्च गभएको अवस्थमा पनि कारोबारको अनुगमन नभएको भन्दै संचालक श्रेष्ठलाई सचेत गराएको छ। 

यस्तै रिलायन्स फाइनान्सका संचालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको खाता र निजको व्यक्तिगत खातामा व्यवसायिक कारोबार भएको, कम्पनीको सीसीडी नियमितरुपमा आद्यावधिक नभएको र संचालक आचारण कार्यान्वयनको अवस्था कम्जोर रहेकाले मल्ली तथा संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।


प्रकाशित : शुक्रबार, माघ १२ २०८०१८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend