आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सर्वोच्चको परमादेशसँगै अब हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गर्न पाउने

images
शुक्रबार, माघ १२ २०८०
images
सर्वोच्चको परमादेशसँगै अब हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गर्न पाउने

न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले हिमालयले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न पाउनेगरी परमादेश जारी गरेको हो।

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गर्न पाउने भएको छ। सर्वोच्च अदालतले शुक्रबार परमादेश दिएसँगै हिमालयले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गर्न पाउने भएको हो।

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालत गएको हिमालयको पक्षमा फैसला आएको हो। न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले हिमालयले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न पाउनेगरी परमादेश जारी गरेको हो।

images
images

त्यसअघि २०७९ फागुन ११ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि ७ पटकसम्म हेर्न नभ्याइनेमा परेको मुद्दामा शुक्रबार परमादेश जारी भएको हो। 

images
images

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गर्न दिनेगरी प्राधिकरणले २०७७ असोज ४ मा निर्णय गरेको थियो। तर विरोधपछि प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न तत्कालीन पर्यटनमन्त्री योगश भट्टराइले निर्देशन दिएका थिए। हिमालय उक्त निर्णय सच्चिनुपर्ने भन्दै सर्वोच्च गएको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरण ‘वायुयानहरूको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ को परिच्छेद २ को दफा ४ को उपदफा ४ र ५ तथा परिच्छेद ५ को दफा १३ पूरा गर्ने गरी सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिएको थियो।

हिमालयले कोभिड समयको लकडाउनअगाडि सातामा ४२ वटा उडान गरेको तालिका पेस गर्दै सेल्फ ग्राउन्ड ह्यान्डलिङको लागि निवेदन दिएको थियो। सोही आधारमा तत्कालीन समयमा प्राधिकरणले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको लागि अनुमति दिएको थियो।

सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालयमा चिनियाँ लगानीसमेत रहेको छ। नेपालको यती समूहको बहुमत स्वामित्व भएको हिमालयले चार जहाजबाट युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गरिरहेको छ।


प्रकाशित : शुक्रबार, माघ १२ २०८०१७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend