शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

बिहीबार , माघ ११ २०८०
१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं- सरकारको आन्तरिक ऋणको आवश्यकता पूरा गर्न राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ। माघ ११ गते बोलकबोल हुनेगरी राष्ट्र बैंकले विकास ऋणपत्र जारी गरेको हो। 

५ वर्ष अवधिको विकास ऋणपत्र २०८५ 'ठ' जारी गर्न लागिएको हो। विकास ऋणपत्रमा खरिदका लागि आज २ बजेसम्म बोलकबोलमा सहभागी हुन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। यो विकास ऋणपत्र माघ १२ गते जारी हुने राष्ट्र बैंकले जनाएको छ। 

यसअघि राष्ट्र बैंकले १ खर्ब १३ अर्ब ३१ करोड रुपैयाँ विकास ऋणपत्रमार्फत सरकारलाई आन्तरिक ऋण उठाइसकेको छ। 

प्रणालीमा अधिक तरलता भएकाले मंसिर १९ गतेयता जारी भएको विकास ऋणपत्रको ब्याजदर ६ प्रतिशतभन्दा न्यून रहेको छ।

मंसिर १९ गते जारी भएको ऋणपत्रको ब्याजदर ६ प्रतिशत, पुस ५ गते जारी भएको ऋणपत्रको ब्याजदर ५.५६ प्रतिशत र पुस २२ गते जारी भएको ऋणपत्रको ब्याजदर ५.९६ प्रतिशत कायम भएको छ।

चालु आर्थिक वर्ष विकास ऋणपत्रको औषत ब्याजदर ६.७७ प्रतिशत कायम भएको छ।

चालु आर्थिक वर्ष सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। 


प्रकाशित : बिहीबार , माघ ११ २०८०१५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend