शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ललितपुरको सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

बिहीबार , माघ ११ २०८०
ललितपुरको सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले ललितपुर महानगरपालिका वडा नं. १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैँसेपाटी शाखा सञ्चालनमा ल्याएको हो।

नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन्। कार्यक्रमा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताएका छन्।

बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो। 

बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम सेवा प्रदान गर्दै आएको छ।

 


प्रकाशित : बिहीबार , माघ ११ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend