आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

ललितपुरको सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

images
बिहीबार , माघ ११ २०८०
images
ललितपुरको सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा
images
images

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखा विस्तार गरेको छ।

images
images
images

बैंकले ललितपुर महानगरपालिका वडा नं. १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैँसेपाटी शाखा सञ्चालनमा ल्याएको हो।

images
images

नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ। 

images
images

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन्। कार्यक्रमा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताएका छन्।

बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो। 

बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम सेवा प्रदान गर्दै आएको छ।

 


प्रकाशित : बिहीबार , माघ ११ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend