शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

दुई दिनमा ५७ अंकले घटेर २१०० बाट तल झर्‍यो सेयर बजार, सोमबार ६ अर्ब ३६ करोडको कारोबार

सोमबार, माघ ८ २०८०
दुई दिनमा ५७ अंकले घटेर २१०० बाट तल झर्‍यो सेयर बजार, सोमबार ६ अर्ब ३६ करोडको कारोबार

काठमाडौं- गएको साता समग्रमा ६६.८२ अंकले सुधार देखिएको सेयर बजारमा यो साता लगातार दुई कारोबार नै राताम्य भएको छ। उतारचढावपूर्ण बजार सुधारतर्फ लागिरहँदा यो साता भने दुई कारोबार लगानीकर्ताले सोचेजस्तो हुन सकेन। दुई दिनमै बजार ५७ अंकले घटेको छ। 

आइतबार २५.६३ अंकले घटेको बजार सोमबार पनि ३१.४९ अंकले घटेर २०९८.६९ बिन्दुमा झरेको छ। ३६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ। २०९ कम्‍पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य हेरफेर भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार ३१.६२ अंकले बढेको बजार सोमबारको बिदापछि मंगलबार ५४.५४ अंकले बढेको थियो। बुधबार १२.१० अंकले घटेको बजार बिहीबार पनि ७.२४ अंकले घटेको थियो। 

गएको साता बुधबार कारोबार सुरु भएदेखि निरन्तर बढेको बजारले मनोवैज्ञानिक आधार बिन्दु मानिएको २२०० को बिन्दुसमेत पार गरेको थियो। जहाँ ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँको कारोबार भएको थियो। त्यसयता कारोबार रकम राम्रो देखिए पनि बजार अपेक्षाअनुसार हरियालीतर्फ बढेको छैन। 

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिन्छ। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै अघि बढिरहेको छ। यो साता दुई कारोबारमा आएको गिरावटले भने लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। 

लगानीकर्ताहरू अहिलेको उतारचढावपूर्ण अवस्थामा पनि बजार मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा भने आशावादी नै देखिएका छन्। अहिले संगठित लगानीकर्ताहरू पनि सुधारोन्मुख देखिएको बजार २२०० को बिन्दुबाट अघि बढ्ने अपेक्षामा छन्। यो साता पनि उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने उनीहरू बताउँछन्। 


प्रकाशित : सोमबार, माघ ८ २०८०१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend