आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सुधारतर्फ बढिरहेको सेयर बजारमा यो साता पहिलो कारोबार राताम्य, ७ अर्ब ६७ करोडको कारोबार

images
आइतबार, माघ ७ २०८०
images
सुधारतर्फ बढिरहेको सेयर बजारमा यो साता पहिलो कारोबार राताम्य, ७ अर्ब ६७ करोडको कारोबार
images
images

काठमाडौं- गएको साता समग्रमा ६६.८२ अंकले सुधार देखिएको सेयर बजारमा यो साता पहिलो कारोबार नै घटेको छ। उतारचढावपूर्ण बजार सुधारतर्फ लागिरहँदा यो साता भने पहिलो कारोबार लगानीकर्ताले सोचेजस्तो हुन सकेन।

images
images
images

आइतबार २५.६३ अंकले घटेर बजार २१३०.१८ बिन्दुमा झरेको छ। ६४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ। १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता पहिलो कारोबारमा आइतबार ३१.६२ अंकले बढेको बजार सोमबारको बिदापछि मंगलबार ५४.५४ अंकले बढेको थियो। बुधबार १२.१० अंकले घटेको बजार बिहीबार पनि ७.२४ अंकले घटेको थियो। 

images
images

गएको साता बुधबार कारोबार सुरु भएदेखि निरन्तर बढेको बजारले मनोवैज्ञानिक आधार बिन्दु मानिएको २२०० को बिन्दुसमेत पार गरेको थियो। जहाँ ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँको कारोबार भएको थियो। त्यसयता कारोबार रकम राम्रो देखिए पनि बजार अपेक्षाअनुसार हरियालीतर्फ बढेको छैन। 

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिन्छ। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै अघि बढिरहेको छ। 

लगानीकर्ताहरू बजार अहिले मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा आशावादी नै देखिएका छन्। अहिले संगठित लगानीकर्ताहरू पनि सुधारोन्मुख देखिएको बजार २२०० को बिन्दुबाट अघि बढ्ने अपेक्षामा छन्। यो साता पनि उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने उनीहरू बताउँछन्। 

अर्थतन्त्रमा छाएको संकुचनको असर वाणिज्य बैंकहरूको पुस महिनाको नाफामा परेको र त्यसको प्रभावसमेत सेयर बजारमा आइतबारको कारोबारमा देखिएको हुन सक्ने विश्लेषकहरू बताउँछन्। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरूले कुल २८ अर्ब ७६ करोड खुद नाफा कमाएका छन्। गत वर्षको सोही अवधिमा बैंकहरूले ३० अर्ब ७६ करोड रूपैयाँ खुद नाफा गरेका थिए।


प्रकाशित : आइतबार, माघ ७ २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend