शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

६ महिनामा ७ खर्ब ६८ अर्बको आयात, ७४ अर्ब ९६ करोडको निर्यात

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ७ २०८०
६ महिनामा ७ खर्ब ६८ अर्बको आयात, ७४ अर्ब ९६ करोडको निर्यात

कुल वैदेशिक व्यापार पनि गत आवको साउनदेखि भदौसम्मको तुलनामा चालु आवको सोही अविधिमा ३.४७ प्रतिशतले कमी आएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा आयात तथा निर्यातमा गत आवको सोही अवधिको तुलनमा कमी आएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा आयात ३ प्रतिशतले घटेको छ।

विभागका अनुसार चालु आवको ६ महिनामा नेपालले भारत तथा तेस्रो देशबाट कुल ७ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। गत आवको सोही अविधिमा नेपालले आयातमा ७ खर्ब ९२ करोड रुपैयाँ खर्चेको थियो।

विभागकै अनुसार निर्यात पनि घटेको छ। चालु आवको ६ महिनामा निर्यात गत आवको भन्दा ७.२३ प्रतिशतले कम हो।

चालु आवको ६ महिनामा नेपालबाट ७४ अर्ब ९६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ तर  गत आवको सोही अवधिमा नेपालले ८० अर्ब ८० करोड रुपैयाँको सामान निर्यात गरेको थियो।

विभागका अनुसार कुल वैदेशिक व्यापार पनि गत आवको साउनदेखि भदौसम्मको तुलनामा चालु आवको सोही अविधिमा ३.४७ प्रतिशतले कमी आएको छ।

चालु आवको ६ महिनमा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब पुगेको छ। गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब रुपैयाँ थियो।


प्रकाशित : आइतबार, माघ ७ २०८०१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend