शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

निफ्राको नाफा ९.९४ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति?

आइतबार, माघ ७ २०८०
निफ्राको नाफा ९.९४ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति?

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५१.२९ प्रतिशत घटेको छ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.३६ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ९.९६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड २५ लाख रुपैयाँबाट बढेर १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ३५ करोड ४९ लाख रुपैयाँ रहको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७१ पैसा घटेर ६ रुपैयाँ ३९ पैसामा झरेको छ।

त्यसैगरी पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

पुसको अन्त्यसम्ममा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रकाशित : आइतबार, माघ ७ २०८०१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend