शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

५७.५३ प्रतिशतले नाफा बढाएको हिमालयन बैंकको अन्य सूचक कस्तो छ?

आइतबार, माघ ७ २०८०
५७.५३ प्रतिशतले नाफा बढाएको हिमालयन बैंकको अन्य सूचक कस्तो छ?

काठमाडौं- हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गतवर्षको तुलनामा ५७.५३ प्रतिशतले बढी हो। 

गत आर्थिक वर्षको यसैअवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानीसहित सञ्चालन नाफामा वृद्धि हुँदा बैंकको खुद नाफा बढेको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ छ। बैंकको सञ्चालन नाफा दुई अर्ब २१ करोड पुगेको छ भने इम्पेरमेन्ट चार्ज एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ४.९५ प्रतिशतमा छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा कायम भएको छ। प्रतिसेयर नेटवर्थ १६२.१७ रुपैयाँ छ।

चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ। बैंकको कस्ट अफ फण्ड ८.३४ प्रतिशत छ।

पुस मसान्तसम्म दुई खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।


प्रकाशित : आइतबार, माघ ७ २०८०१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend