शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

६ महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले गर्‍यो १ अर्ब ७२ करोड खुद नाफा, खराब कर्जा १२२ प्रतिशतले बढ्यो

आइतबार, माघ ७ २०८०
६ महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले गर्‍यो १ अर्ब ७२ करोड खुद नाफा, खराब कर्जा १२२ प्रतिशतले बढ्यो

काठमाडौं- स्टाण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तुलनामा बैंकको नाफा करिब १.७५ प्रतिशतले घटेको छ। 

बैंकले गत वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। 

बैंकको निष्क्रिय कर्जा ०.७२ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेकाले बैंकको नाफा घटेको हो। बैंकको निष्क्रिय कर्जा गत वर्षको तुलनामा करिब १२२ प्रतिशतले बढेको हो। जसले बैंकको खुद नाफामा कमी ल्याएको देखिन्छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशतले घटेको छ भने खुद फी तथा कसिसन आम्दानी १५.४० प्रतिशतले बढेको छ। 


प्रकाशित : आइतबार, माघ ७ २०८००८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend