शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

एनआईसी एसिया बैंकको नाफा ४१.८१ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो

आइतबार, माघ ७ २०८०
एनआईसी एसिया बैंकको नाफा ४१.८१ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो क्वाटरसम्ममा एनआईसी एसिया बैंकले १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा करिब ४१.८४ प्रतिशतले घटेको हो।

गत वर्षको पुस मसान्तसम्मा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत र इम्प्रियरमेन्ट खर्च बढ्दा बैंकको नाफा घटेको हो। 

गत वर्ष ४७ करोड रुपैयाँले इप्प्रियरमेन्ट चार्ज घटेकोमा यो वर्ष बढेर ४८ करोड रुपैयाँ पुगेको छ। यस्तै बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेकाले बैंकको नाफा घटेको हो। 

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक भएको छ।


प्रकाशित : आइतबार, माघ ७ २०८००८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend