शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नबिलले दोस्रो त्रैमासमा गर्‍यो ३ अर्ब २० करोड खुद नाफा, घटायो खराब कर्जा

आइतबार, माघ ७ २०८०
नबिलले दोस्रो त्रैमासमा गर्‍यो ३ अर्ब २० करोड खुद नाफा, घटायो खराब कर्जा

काठमाडौं- नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको तुलनामा ६.२८ प्रतिशतले कम हो। 

गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा रेको थियो। 

बैंकको ब्याज आम्दानी बढेपनि इम्प्रियरमेन्ट खर्च बढेकाले नाफा भने घटेको हो। 

समीक्षा अवधिमा बैको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी १५.७२ प्रतिशतले बढेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको खराब कर्जा घटेको छ। गत वर्षको दोस्रो त्रैमासम्ममा बैंकको खराब कर्जा १.४६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १.२० प्रतिशत कायम भएको छ।


प्रकाशित : आइतबार, माघ ७ २०८००८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend