शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

दोस्रो त्रैमाससम्ममा प्राइम बैंकले गर्‍यो २ अर्ब १८ करोड खुद नाफा, खराब कर्जा ४३ प्रतिशतले बढ्यो

आइतबार, माघ ७ २०८०
दोस्रो त्रैमाससम्ममा प्राइम बैंकले गर्‍यो २ अर्ब १८ करोड खुद नाफा, खराब कर्जा ४३ प्रतिशतले बढ्यो

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा प्राइम बैंकको नाफा करिब ३२ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

कात्तिकदेखि पुस मसान्तसम्मा मात्रै बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा थप्न सफल भएको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो ३ अर्ब ५३ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। 

गत वर्षको तुलनामा बैंकको इम्प्रियरमेन्ट चार्ज घटेकाले नाफा बढेको हो। गत वर्षको दोस्रो त्रैमाससम्ममा ५८ करोड रुपैयाँ रहेको इम्प्रियरमेन्ट खर्च घटेर २८ करोड ११ लाख रुपैयाँ पुगेको छ। 

यस अवधिमा बैंकको खराब कर्जा भने बढेको छ। गत वर्षको दोस्रो त्रैमाससम्ममा २.८१ प्रतिशत रहेको निष्कृय कर्जा बढेर ४.०७ प्रतिशत पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ६४ करोड १४ लाख रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा ४१ करोड रुपैयाँ रहेको थियो।


प्रकाशित : आइतबार, माघ ७ २०८००७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend