शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

एभरेष्ट बैंकले गर्यो दोस्रो त्रैमासमा १ अर्ब ७३ करोड खुद नाफा, ४६ करोडले घट्यो वितरणयोग्य नाफा

आइतबार, माघ ७ २०८०
एभरेष्ट बैंकले गर्यो दोस्रो त्रैमासमा १ अर्ब ७३ करोड खुद नाफा, ४६ करोडले घट्यो वितरणयोग्य नाफा

काठमाडौं- एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेको छ।

यो गत वर्षको तुलनामा करिब १२ करोड ५० लाख रुपैयाँले बढी हो। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो। 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा बढेको छ। गत वर्षको पहिलो ६ महिनामा बैंकले ४ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा  ४ अर्ब २९ करोड रुपैयाँ गरेको छ। 

गत वर्षको तुलनामा बैंकको खराब कर्जा बढेकाले इम्प्रियरमेन्ट चार्ज पनि बढेको छ। गत वर्षको पहिलो त्रैमाससम्मा बैंकको खराव कर्जा ०.५५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष बढेर ०.७७ प्रतिशत पुगेको छ। 

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३६ करोड ६३ लाख रुपैयाँ इम्प्रियरमेन्ट चार्ज बापत खर्च बुक गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४३ करोड २३ लाख रुपैयाँ खर्च देखाएको छ। 

यस अवधिमा बैंकको विवतरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ। गत वर्षको सोहीमा बैंकको विवतरणयोग्य नाफा २ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो।


प्रकाशित : आइतबार, माघ ७ २०८००७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend