शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८ करोडले घट्यो, विवतरणयोग्य नाफा ऋणात्मक

आइतबार, माघ ७ २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८ करोडले घट्यो, विवतरणयोग्य नाफा ऋणात्मक

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब २८ करोड रुपैयाँले कम हो। 

यस बैंकले गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

यस अवधिमा बैंकले २२ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेर १३ अर्ब ५२ करोड रुपैयाँ ७ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। खुद ब्याज आम्दानी गत वर्षको तुलनामा बढेको छ।

गत वर्षको यसै अवधिमा बैंकले ४ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। बैंकको खराव कर्जा ३.७१ प्रतिशतबाट बढेर ४.७५ प्रतिशत पुगेकाले बैंकको नाफा घटेको हो।

गत वर्ष बैंकको इम्प्रियरमेन्ट चार्ज ६० करोड ८३ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। 


यो सँगै बैंकको वितरणयोग्य नाफा ऋणात्मक १९ करोड ५५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंक यस्तो नाफा १६ करोडले ऋणात्मक रहेको थियो।


प्रकाशित : आइतबार, माघ ७ २०८००७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend