आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

काठमाडौंबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

images
शनिबार, माघ ६ २०८०
images
काठमाडौंबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौंबाहिरका विमानस्थलमा रात्रि बिसानका लागि थप प्रभावकारी बनाउन लागिएको हो।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो। 

images
images
images

उक्त निर्णयअनुरुप वायुसेवा कम्पनीले जहाज काठमाडौंबाहिरका विमानस्थलमा राखेर काठमाडौंका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए तर पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौंमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ।

images
images

अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौं ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी काठमाडौंबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो।

images
images

कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाडौंमा भीडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको बताए। 'पछिल्लो समय एयरलाइन्सले कहिले प्राविधिक र कहिले मौसमको कारण देखाउँदै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न थालेपछि भीडभाड बढेकाले थप कडाइ गर्न लागिएको हो', विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, 'एयरलाइन्सहरुलाई विभिन्न ‘बेस’ तोकिएको छ, सोहीअनुसार उनीहरुले जहाज रात्रि बिसान गर्नुपर्छ।'

काठमाडौंबाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ। ती जहाजले काठमाडौंका लागि सम्बन्धित गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन्।

महाप्रबन्धक तिवारीका अनुसार उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौंबाहिरका विमानस्थलमा रात्रि बिसानका लागि थप प्रभावकारी बनाउन लागिएको हो। यसबाट काठमाडौंबाहिरबाट आउने यात्रुलाई पनि यसले सहज हुनेछ।

प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको छ, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक-एक जहाज मात्रै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय भएको थियो। रासस


प्रकाशित : शनिबार, माघ ६ २०८०१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend