आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

माछापुच्छ्रे बैंकको खराब कर्जा ८६ प्रतिशतले बढ्दा नाफा २१ प्रतिशतले घट्यो

६ महिनामा ८० अर्ब ५३ करोड खुद नाफा

images
शुक्रबार, माघ ५ २०८०
images
माछापुच्छ्रे बैंकको खराब कर्जा ८६ प्रतिशतले बढ्दा नाफा २१ प्रतिशतले घट्यो
images
images

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकको नाफा करिब २१ प्रतिशतले घटेको छ। यस अवधिसम्ममा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ। 

images
images
images

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब २ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकले पहिलो त्रैमासमा भन्दा दोस्रो त्रैमासमा कम नाफा गर्दा समर्ग्र नाफामा गिरावट आएको हो। 

images
images

पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएकोमा दोस्रो त्रैमासमा २६ करोड ३१ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ। 

images
images

गत वर्षको दोस्रो त्रैमासमा यस बैंकले ५७ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको यस त्रैमासमा खुद नाफा करिब ५४ प्रतिशतले घटेको छ।

अर्थतन्त्रमा देखिएको आर्थिक संकुचनले कर्जा असुली प्रभावित हुँदा बैंकको नाफा प्रभावित भएको हो। यस अवधिमा बैंकको खराब कर्जा करिब ८५ प्रतिशतले बढ्दा नाफा घटेको हो। 

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा १.४१ प्रतिशत रहेको र चालु आर्थिक वर्षको यसै अवधिमा बढेर २.६२ प्रतिशत पुगेको छ।

यस अवधिसम्ममा बैंकको ब्याज आम्दानी र ब्याज खर्च गत वर्षको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैसामसम्ममा बैंकले ८ अर्ब ९५ करोड ब्याज आम्दानी गरेकोमा गत वर्षको सोही अवधिमा ९ अर्ब ६१ करोड  रुपैयाँ गरेको थियो। 

यस्तै यस अवधिमा ब्याज खर्च ६ अर्ब ३२ करोड भएकोमा गत वर्षको सोही अवधिमा ६ अर्ब ८२ रुपैयाँ भएको थियो। 

गत वर्षको तुलनामा ब्याज आम्दानी र खर्च दुबै संकुचित भएकाले खुद ब्याज आम्दानी पनि गत वर्षको तुलनामा घटेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा गत वर्षको सोही अवधिमा २ अर्ब ७९ करोड रुपैयाँ गरेको थियो। यद्यपी बैंकको इम्प्रियरमेन्ट चार्ज भने गत आर्थिक वर्षको तुलनामा घटेको छ।

 गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको इम्प्रियरमेन्ट चार्ज ३० करोड ४२ लाख रुपैया रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २३ करोड ८५ लाख रुपैयाँ रहेको छ।

बैंकको नाफा घटेसँगै सरकारलाई तिर्ने आयकर पनि घटेको छ। गत वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४७ करोड १७ लाख रुपैयाँ सरकारलाई कर तिरेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा २४ करोड ६० लाख रुपैयाँ कर तिरेको छ।

यद्यपी बैंकको ब्याजदर भने घट्नेक्रममा देखिएको छ। गत वर्ष बैंकको कष्ट अफ फण्ड ८.८४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७.२६ प्रतिशतमा झरेको छ। 

कष्ट अफ फण्डसँगै बैंकको आधार दर पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा बैंकको आधार दर ११.३९ प्रतिशत रहेको चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ९.७८ प्रतिशतमा झरेको छ। बैंकको  स्प्रेड ३.९९ प्रतिशतमा सिमित राख्न सफल भएको छ।


प्रकाशित : शुक्रबार, माघ ५ २०८००८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend