सोमबार, वैशाख १७ गते २०८१    
images
images

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति

images
images
images
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति
images
images

काठमाडौं- सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो।

images
images
images

धितोपत्रसम्बन्धी ऐन २०६३ ले सम्बन्धित क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगको सदस्यक‍ो नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था गरेको छ। जसनुसार अर्थ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था रहेकाले कृष्णहरि पुष्कर समितिमा छन्।

images

स्वतन्त्र विज्ञतर्फ सरकारले त्रिभुवन विश्वविद्यालयका प्रध्यापक उदय निरौलालाई सदस्य बनाएको छ। 

images

यस समितिले नेपाल सरकारलाई अध्यक्षका सम्भावित तीनजना उम्मेद्वार सिफारिस गर्नेछ। जसमध्ये एकजनालाई मन्त्रिपरिषदले अध्यक्ष तोक्ने व्यवस्था रहेको छ।

images
images

बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष छनौटको प्रकृया अगाडि बढाउन समिति गठन गरिएको छ। 

बोर्डको अध्यक्ष छनोटसम्बन्धी कार्यविधि २०७८ अनुसार सिफारिस समितिले कम्तिमा १५ दिनको समय राखेर अध्यक्षका लागि सार्वजनिक सूचना आव्हान गर्नेछ। 

धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास तथा व्यवस्थापन वा वाणिज्य कानून क्षेत्रमा कम्तिमा ७ वर्ष अनुभव भएको व्यक्तिले आवदेन दिन सक्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।

आवेदनका साथै व्यावसायिक कार्ययोजना समेत प्रस्तुत गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

images

प्रकाशित : शुक्रबार, माघ ५ २०८००७:४६

प्रतिक्रिया दिनुहोस