आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नयाँ र ठूला लगानीकर्ताको आकर्षणले निफ्राकाे सेयर मूल्यमा उछाल

images
बुधबार, माघ ३ २०८०
images
नयाँ र ठूला लगानीकर्ताको आकर्षणले निफ्राकाे सेयर मूल्यमा उछाल
images
images

काठमाडौं- नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को सेयर मूल्यमा मंगलबार उछाल आएको छ। कम्पनीको सेयर मूल्य ९.३८ प्रतिशतले बढेर २४५ रुपैयाँ पुगेको छ।

images
images
images

मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले बढेको थियो। कम्पनीको ९ लाख ७९ हजार कित्ता सेयर कारोबार हुँदा २३ करोड २६ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। 

images
images

कम्पनी मंगलबार उच्च कारोबार हुने सूचीको दोस्रो नम्बरमा परेको छ। कम्पनीको पछिल्लो समय वित्तीय सूचकमा सुधार र सस्तो मूल्यले सेयर बजारमा उभार आएको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा २६१ रुपैयाँसम्म पुगेको मूल्य घटेर १८१ रुपैयाँसम्म झरेको थियो। 

images
images

कम्पनीले लाभांश थोरै दिएपनि बढ्दो बजारमा सस्तो भएपछि सेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको छ। कम्पनीले गतवर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो। 

nifra.JPG

बैंकले हाल कायम चुक्ता पुँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीमा खासगरी संस्थापक लगानीकर्ताहरु नयाँ नयाँ भित्रिरहेका छन्। जसका कारण पनि निफ्राको सेयर मूल्यमा उछाल आएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन्। बैंकको सञ्चालक समितिले माघ १ गतेदेखि लागु हुने गरी सीईओ खतिवडाको राजीनामा स्वीकृत गरेको हो। एकवर्ष समय अवधि बाँकी हुँदै उनले राजीनामा बुझाएका छन्।  

यस्तो छ तीन महिनाको विवरण

निफ्राले पहिलो त्रैमासमा ४१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा निफ्राले ३७ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा निफ्राले ३ करोड ५२ लाख खुद नाफा बढाएको छ। 

यस अवधिमा बैंकले ब्याज आम्दानीबाट ७६ करोड गरी ब्याज खर्च ५ करोड ९३ लाख रुपैयाँ गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७० करोड १५ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा बेंकले ६६ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी र १ करोड ४ लाख रुपैयाँ ब्याज खर्च गरी ६५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यस्तै बैंकले यस अवधिमा खुद शुल्क तथा कमिसनबाट थप ५ लाख आम्दानी गरी कुल संचालन आम्दानी ७० करोड ६५ लाख रुपैयाँ गरेको छ। गत आर्थिक आर्थिक वर्ष बैंकको सञ्चालन आम्दानी ६६ करोड १३ लाख रुपैयाँ रहेको थियो।  

गत  आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकले इम्प्रियरमेन्ट चार्ज तथा लोन लस प्रोभिजन भने १ करोड २२ लाख रुपैयाँले घटाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा  २ करोड १९ लाख रुपैयाँ यस शिर्षकमा खर्च बुक गरेको बैंकले यस वर्ष भने ९९ लाख ४२ हजार मात्रै खर्च गरेको छ। यस अवधिमा बैंकले कर्मचारीलाई ८ करोड ९६ अर्ब रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ।

गत वर्ष बैंकले कर्मचारीको खर्च ८ करोड ३० लाख रुपैयाँ भुक्तानी दिएको थियो। यस अवधिमा बैंकले ५९ करोड ९१ लाख रुपैयाँ संचालन नाफ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५४ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो। बैंकले पहिलो क्वाटरको खुद नाफाबाट रेगुलेटरी रिजर्भमा २० करोड रुपैयाँ छुट्याएको छ।

अघिल्लो आर्थिक वर्ष यस्तो रिजर्भमा बैंकले ८ करोड रुपैयाँ मात्रै छुट्याएको थियो। हाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी) ७३.१३ प्रतिशत कायम भएको छ।

बैंकको कष्ट अफ फण्ड ७.६५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा कष्ट अफ फण्ड ९.४० प्रतिशत रहेको थियो। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७.६६ प्रतिशत, प्रतिसेयर नेटवर्थ ११२.०२ प्रतिशत, प्रति सेयर कुल सम्पत्तिको मुल्य १३० रुपैयाँ र तरलता अनुपात ५५५.०८ प्रतिशत रहेको छ।


प्रकाशित : बुधबार, माघ ३ २०८००८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend