मंगलबार, वैशाख २५ गते २०८१    
images
images

जहाँ तोरी फुल्दा लाग्छ पर्यटकको घुइँचो

images
images
images
जहाँ तोरी फुल्दा लाग्छ पर्यटकको घुइँचो

सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौरलाई कृषि पर्यटनको गन्तव्य बनाउने योजना अघि बढाइएको छ।

images
images

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौर चार/पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो। पुष/माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो। तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैन्थ्ये। पछिल्लो तीन वर्षयता भने रत्नेचौरको फाँटमा तोरी फुल्ने याममा पर्यटक आउन थालेका छन्।

images
images
images

रत्नेचौरको भानु माविका पूर्व प्रधानअध्यापक रहेका स्थानीयवासी टीकाबहादुर महत रत्नेचौर ‘भाइरल’ बन्नुको कारण सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आम सञ्चार माध्यम भएको बताउँछन्।

images

'रत्नेचौरमा यसअघि पनि तोरी खेती हुन्थ्यो र फुल्थ्यो तर यसरी पर्यटक आउँदैनथे,' उनले भने, 'रत्नेचौरको फाँटको बिचमा रहेको सडक विसं २०७७ मा कालोपत्र भयो। पहिला प्रवर्द्धन गर्ने प्रविधि थिएन। सबैको हातमा प्रविधिको पहुँच पुगेकाले रत्नेचौर जस्ता ओझेलमा परेका सुन्दर ठाउँ चिनिएका छन्।'

images

समथर फाँट र बस्ती रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ। कालोपत्र सडकको दायाँ र बायाँका फाँटमा पहेँलपुर फुलेको तोरीबारीको पृष्ठभूमिमा हिमाल हेर्न पाउनु रत्नेचौरको विशेषता हो। सामाजिक सञ्जालमा देखेको दृष्य र तस्बिरबाट लोभिएर रत्नेचौर घुम्न आएको पोखराकी जेनिसा पुनले बताए।

images
images

'तोरीबारीमा फोटो खिच्ने र भिडियो बनाउनकै लागि पोखराबाट साथी मिलेर आएका हौँ,' उनले भने, 'एकै ठाउँबाट तोरीबारी र हिमाल हेर्न सकिने यहाँको विशेषता रहेछ।'

बेनी र बागलुङ बजारदेखि १५-१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुम्न बालबालिका, युवा युवतीदेखि पाका उमेरका पनि आउँछन्। दैनिक दुई सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका रत्नेचौरका कुशल शर्माले बताए। 'बिदाको दिन तोरीबारी हेर्न आउनेको घुइँचो नै लाग्छ,' उनले भने, 'अन्य समयमा पनि पर्यटक निरन्तर आइरहेका छन्।'

म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीको सौन्दर्यमा रमाउँछन्। पर्यटकको चहलपहलसँगै व्यापार व्यवसायको अवसर सिर्जना भएको छ। 

रत्नेचौरको फेदी भुवानेमा दुई वटा होटल र रेष्टुरेन्ट खुलेका छन्। रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेका लागि नयाँ आकर्षण थपिएको छ।

परम्परागत रुपमा हुँदै आएको तोरीखेती पर्यटकको आकर्षण बनेपछि यसलाई व्यावसायिक र पर्यटन आकर्षणको रूपमा विकास गर्न योजना बनाइएको बेनी नगरपालिका-१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले बताए। 

'रत्नेचौरलाई कृषि पर्यटनको गन्तव्य बनाउने योजना अघि सारेका छौँ,' उनले भने, 'श्रीलक्ष्मीहरि मन्दिर, लामो झोलुंगे पुल, बुढोपोखरी रहेको रत्नेचौरको सम्भावना उजागर गर्न तोरी महोत्सव गर्ने योजना छ।' रासस

images

प्रकाशित : मंगलबार, माघ २ २०८००४:४९

प्रतिक्रिया दिनुहोस