शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सुस्ताएको घरजग्गा काराबोर बढ्दै, ६ महिनामा २ लाख ३५ हजार घरजग्गा खरिद बिक्री

मंगलबार, माघ २ २०८०
सुस्ताएको घरजग्गा काराबोर बढ्दै, ६ महिनामा २ लाख ३५ हजार घरजग्गा खरिद बिक्री

मंसिरको तुलनामा पुस महिनामा साढे ३ हजार बढी घरजग्गा किनबेच भएको छ। पुस महिनामा ४५ हजार २ सय ७७ वटा घरजग्गा किनबेच भएको छ। जुन मंसिरको तुलनामा ३ हजार ४२६ बढी हो।

काठमाडौं - नेपाल राष्ट्र बैंकले लचिलो नीति लिएर सकारात्मक बनेसँगै घरजग्गाको कारोबारसमेत बढ्न थालेको छ। घरजग्गामा पछिल्लो तीन वर्षदेखि सुस्ताएको कारोबार केही बढ्न थालेको हो।

तर अपेक्षाकृत सुधार भने देखिएको छैन। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत घरजग्गा कारोबार सहज हुन सहयोग गर्नेगरी नीति लिएको थियो। पछिल्लो ६ महिनामा २ लाख ३५ हजजार घरजग्गा खरिदबिक्री भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकानुसार पुस महिनामा मंसिरको तुलनामा केही बढेको छ। कात्तिकमा भन्दा मंसिरमा पनि केही वृद्धि भएको थियो। पुस महिनामा ४५ हजार घरजग्गा किनबेच हुँदा ३५ हजार ४३५ वटा रोक्का र २५ हजार ७४९ वटा फुकुवा भएका छन्।

विभागका अनुसार मंसिरमा ४१ हजार ८५१ लिखत पारित भएको यिथो। कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको थियो। तथ्यांकअनुसार मंसिरमा १६ हजारले कारोबार बढेको थियो।

घरजग्गा कारोबारबाट मंसिरमा २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन भएको थियो। विभागको तथ्यांकअनुसार पुस महिनमा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ५१ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो रकमको सुधारले घरजग्गा कारोबार बढ्न थालेको देखिन्छ। राष्ट्र बैंकको समीक्षाले घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो। 

विभागका अनुसार ६ महिनामा २ लाख ३५ हजार ४ सय ७७ वटा घरजग्गा किनबेच भएको छ। जुन असोज महिनामा सबैभन्दा बढी ४७ हजार ४ सय ९८ वटा किनबेच भएको थियो। 

विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २ सय ६३ वटा घरजग्गा किनबेच भएको थियो। त्यसैगरी, भदौमा ३५ हजार ६ सय ८६ वटा, असोजमा ४७ हजार ३ सय ९८ वटा घरजग्गा किनबेच भएको थियो। साथै, कात्तिक महिनामा दसैं तिहारको माहोलले सरकारी कार्यालयहरु बन्द हुँदा २६ हजार मात्रै घरजग्गा किनबेच भएको थियो। मंसिर महिनामा ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएको थियो।

मंसिरको तुलनामा पुस महिनामा साढे ३ हजार बढी घरजग्गा किनबेच भएको छ। पुस महिनामा ४५ हजार २ सय ७७ वटा घरजग्गा किनबेच भएको छ। जुन मंसिरको तुलनामा ३ हजार ४२६ बढी हो। पुस महिनामा ४५ हजार घरजग्गा किनबेच हुँदा ३५ हजार ४ सय ३५ वटा रोक्का र २५ हजार ७ सय ४९ वटा फुकुवा भएका छन्।


प्रकाशित : मंगलबार, माघ २ २०८०१५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend