शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा उभार, दुई घण्टामै ४ अर्बको कारोबार हुँदा ५० अंकको वृद्धि

मंगलबार, माघ २ २०८०
सेयर बजारमा उभार, दुई घण्टामै ४ अर्बको कारोबार हुँदा ५० अंकको वृद्धि

अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा ४ अर्बभन्दा बढीको कारोबार भएको छ। एक दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौं- सेयर बजारमा साताको दोस्रो कारोबारको दिन पनि उभार देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउन थालेपछि लगानीकर्तामा उत्साह आउँदा मंगलबार २ घण्टामै ५० अंकभन्दा बढीले बजार बढेको छ।

अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा ४ अर्बभन्दा बढीको कारोबार भएको छ। एक दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। 

केही समय यता सेयर बजार लगातार बढिरहेको छ। आइतबार पनि सेयर बजार दोहोरो अंकले बढेको थियो। बैंक वित्तीय संस्थाहरुले माघ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर करिब १ प्रतिशत बिन्दुले घटाएपछि सेयर बजार बढेको हो।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा प्रवाह नबढेपछि अधिकांश बैंक वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर कष्ट अफ फण्ड सस्तो बनाउने प्रयत्न गरिरेहका छन्। केही वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरसँगै प्रिमियम दर पनि घटाइरहेका छन्।


प्रकाशित : मंगलबार, माघ २ २०८०१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend