शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

पुनर्बीमा कम्पनीको १२ लाख ७४ हजार कित्ता संस्थापक सेयर कुन कम्पनीले किन्यो?

मंगलबार, माघ २ २०८०
पुनर्बीमा कम्पनीको १२ लाख ७४ हजार कित्ता संस्थापक सेयर कुन कम्पनीले किन्यो?

एनआरआईसीमा नेपाल सरकारसँगै अधिकांश बीमा प्राधिकरणले अनुमति दिएका पुराना बीमा कम्पनीहरु संस्थापक सेयरधनी छन्।

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीको आइतबार अर्थात पुस २९ गते १२ लाख ७४ हजार ४ सय २४ कित्ता संस्थापक सेयर कारोबार भयो। प्रतिकित्ता २ सय ८० रुपैयाँमा कारोबार हुँदा ३५ करोड ६८ लाख ३८ हजार ३ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

४४ नम्बर ब्रोकरबाट बिक्री भएको ६४ नम्बर ब्रोकरबाट उक्त सेयर खरिद भएको थियो। प्रभु इन्स्योरेन्सले लिलामीमा बेचेको सेयर एसियन लाइफ इन्स्योरेन्सले खरिद गरेको हो।

बिहीबार पनि प्रभु इन्स्योरेन्सकै नाममा रहेको ७ लाख कित्ता नेपाल पुनर्बीमाको संस्थापक सेयर बिक्री भएको थियो। उक्त सेयर पनि एसियन लाइफ इन्स्योरेन्सले खरिद गरेको थियो।

विगतमा करिब २ हजार रुपैयाँसम्म पुगेको एनआरआईसी पछिल्लो समय ७ सय रुपैयाँभन्दा मुनि कारोबार भइरहेको छ।  

एनआरआईसीमा नेपाल सरकारसँगै अधिकांश बीमा प्राधिकरणले अनुमति दिएका पुराना बीमा कम्पनीहरु संस्थापक सेयरधनी छन्।

सरकार र बीमा कम्पनीको अलावा विशाल ग्रुप लिमिटेड, गुहेश्वरी मचेन्ट एन्ड फाइनानस, ग्लोबल आईएमई क्यापिटल, ग्लोबल बैंक, आईएमई लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र ज्ञान सेक्युरिटिज एन्ड इन्भेष्टमेन्ट लिमिटेडलगायतको ८४ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत सेयर होल्डिङ रहेको छ।

पछिल्लो समय नेपाल इन्स्योरेन्स कम्पनी र विशाल ग्रुपले ठूलो संख्यामा आफ्नो संस्थापक सेयर बिक्री गरेका थिए। गत पुस २१ गतेको नेप्सेको फ्लोरसिटमा २९ लाख ७९ हजार ४ सय २४ कित्ता नेपाल पुनर्बीमाको संस्थापक सेयर बिक्री भएको देखिएको छ। 

हिमालयन लाइफले नेपाल पुनर्बीमा कम्पनीको नेपाल इन्स्योरेन्सको नाममा रहेको उक्त संस्थापक सेयर किनेको छ। नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरमध्ये १९ लाख ७९ हजार कित्ता नेपाल इन्स्योरेन्सले बेचेको हो। बाँकी विशाल ग्रुपको नामबाट १० लाख ४२४ कित्ता सेयर बेचिएको थियो।

विशाल ग्रुपको स्वामित्वमा रहेको १० लाख कत्ता सेयर बिक्री प्रक्रिया सकिसकेको छ भने हालै १५ लाख कित्ता संस्थापक सेयर लिलामीको प्रक्रिया अगाडि बढेको छ।

कम्पनीले पुस २४ गतेदेखि माघ २९ गतेसम्म ३५ दिने म्याद राखेर विशाल ग्रुपको नाममा रहेको १५ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रिया अगाडि बढाएको हो। कम्पनीको उक्त सेयरमा न्यूनतम २ लाख कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। 


प्रकाशित : मंगलबार, माघ २ २०८०१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend