आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

आन्तरिक उडानमा बुद्ध एयरको राज, ६२ प्रतिशत पुग्यो बजार हिस्सा

images
आइतबार, पुस २९ २०८०
images
आन्तरिक उडानमा बुद्ध एयरको राज, ६२ प्रतिशत पुग्यो बजार हिस्सा

आन्तरिक उडानमा तीनवटा एयरलाइन्समात्र प्रभावशाली देखिएका छन्।

images
images

काठमाडौं- नेपालको आन्तरिक हवाई सेवामा बुद्ध एयरको एकछत्र जस्तै देखिएको छ। यात्रु संख्या तथा लगानीको आधारमा पनि बुद्ध एयरले पछिल्लो लामो समयदेखि बजारमा प्रभावशाली उपस्थिति देखाउँदै आएको छ। 

images
images
images

सन् २०२३ मा बुद्ध एयरको बजार हिस्सा दुई तिहाईभन्दा धेरै भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार बुद्धले २५ लाख ७७ हजार ६१८ यात्रुलाई सेवा दिएको छ। 

images
images

कूल ४१ लाख ५० हजार ३२६ यात्रुले आन्तरिक उडानबाट यात्रा गरेका थिए। यसमा बुद्धकोमात्र ६२ प्रतिशतभन्दा धेरै बजार हिस्सा देखिएको छ। 

images
images

स्थापनाको २७ औँ वर्षमा बुद्ध एयरले ३ करोड यात्रुलाई सेवा दिइसकेको छ। 

नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान सुरु भरेको बुद्ध एयरसँग हाल ७२ सिट क्षमताका एटीआर ७२ जहाज १४ र एटीआर ४२ तीनवटा रहेका छन्। अझै २ जहाज थप गर्ने योजना बनाइरहेको छ। जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्यांगर रहेको छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एक हो। यो ह्यांगर विदेशबाट पनि पुरस्कृत भइसकेको छ। बुद्ध एयरले आफ्ना जहाज मात्रै मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीहरुलाई पनि सेवा दिइरहेको छ। 

त्यस्तै आन्तरिक उडानमा बुद्धपछि यती एयरलाइन्स रहेको छ। यतीले सन् २०२३ मा ७ लाख १७ हजार यात्रुलाई सेवा दिएको छ। तेस्रो नम्बरमा रहेको श्री एयरलाइन्सले ६ लाख ५ हजार यात्रुलाई सेवा दिएको छ। 

आन्तरिक उडानमा तीनवटा एयरलाइन्समात्र प्रभावशाली देखिएका छन्। 


प्रकाशित : आइतबार, पुस २९ २०८०१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend