शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मध्य भोटेकोशीले बिजुली उत्पादनको तयारी थालेसँगै दोस्रो बजारमा सर्किट

आइतबार, पुस २९ २०८०
मध्य भोटेकोशीले बिजुली उत्पादनको तयारी थालेसँगै दोस्रो बजारमा सर्किट

कम्पनीको आइतबार १ लाख १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। कम्पनीको १० प्रतिशतले सेयर मुल्य बढ्दा ३१.१० रुपैयाँले बढेर प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएको छ।

काठमाडौं- मध्य भोटेकोशी जलविद्युतको बिजुली बल्ने भएपछि दोस्रो बजारमा सकारात्मक सर्किट लागेको छ।

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल काम सकिएर बिजुली बाल्नका लागि परिक्षण सुरु गरिएको छ। आगामी दुई महिनाभित्रै बिजुली उत्पादन थालिने तयारी गरिएको छ।

कम्पनीको आइतबार १ लाख १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। कम्पनीको १० प्रतिशतले सेयर मुल्य बढ्दा ३१.१० रुपैयाँले बढेर प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएको छ। ६ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बजार पुँजीरकरण २० अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

झन्डै ६ वर्ष ढिला गरी सम्पन्न हुन लागेको आयोजनाले तीनवर्ष अघिनै सर्वसाधारणलाई सेयर जारी गरेको थियो। २०७० सालमा सुरू भएको यो आयोजना सन् २०७४ सालमा सक्ने लक्ष्य थियो। तर २०७१ सालमा आएको जुरे पहिरो, २०७२ को भुइँचालो र भारतीय नाकाबन्दी, २०७३ को भोटेकोशी बाढी लगायत कारण आयोजनाको म्याद थपियो।

कोरोनाका कारण पनि आयोजनालाई निकै असर पुगेको उल्लेख गरिएको छ। २०७७ असारमा निर्माणस्थल वरपर भोटेकोशी एवम् आसपासका क्षेत्रमा आएको बाढी-पहिरोजस्ता कारणले पनि ढिलाइ भएको आयोजनाले जनाएको छ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चिलिमे हाइड्रोपावर क्षेत्र भोटेकोशी गाउँपालिकामा छ भने पावरहाउस बाह्रबिसे नगरपालिकामा पर्छ। यो आयोजनाको कुल लगानी करिब १५ अर्ब अनुमान छ।

आयोजनाको संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३.५ प्रतिशत, कर्मचारी सञ्चय कोषका योगदानकर्तालाई १९.५ प्रतिशत, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर बाँडफाँट गरिएको छ।


प्रकाशित : आइतबार, पुस २९ २०८०१५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend