शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ब्याजदर घटेपछि सेयर बजार दोहोर अंकले बढ्यो

आइतबार, पुस २९ २०८०
ब्याजदर घटेपछि सेयर बजार दोहोर अंकले बढ्यो

२०९३ अंकको बिन्दुबाट सेयर कारोबार सुरु भएको नेप्से बढेर २११७ अंकको बिन्दुमा कारोबार बन्द भएको छ। २४७ कम्पनीको कारोबार भएको २११ कम्पनीको सेयर कारोबार बढेको छ भने ३३ कम्पनी कारोबार घटेको छ।

काठमाडौं- बैंक वित्तीय संस्थाहरुले माघ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर करिब १ प्रतिशत बिन्दुले घटाएपछि सेयर बजार परिसूचक नेप्से दोहोर अंकले बढेको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा प्रवाह नबढेपछि अधिकांश बैंक वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर कष्ट अफ फण्ड सस्तो बनाउने प्रयत्न गरिरेहका छन्। केही वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरसँगै प्रिमियम दर पनि घटाइरहेका छन्। 

पुस महिनामा बैंकहरुको औसत आधार दर ९.७४ प्रतिशत कायम भएको छ। माघमा घटेको ब्याजदरका कारण फागुनमा कर्जाको ब्याजदर थप बढ्ने देखिएको छ।

मौद्रिक समीक्षामार्फत घरजग्गा र सेयर बजारको जोखिमभार घटाएसँगै कर्जाको माग बढ्न थालेको छ। समीक्षापश्चात् करिब ६० अर्ब कर्जा प्रवाह भएको छ। उक्त कर्जामध्ये सबैभन्दा धरै कर्जा घरजग्गा र सेयर बजारमा नै प्रवाह भएको बैंकर्सको दाबी छ।

एकातर्फ ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह थप बढ्ने र यसले सेयर बजार चलायमान बनाउने अपेक्षासहित यो साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से करिब ३१.६२ अंकले बढेको छ। 

२०९३ अंकको बिन्दुबाट सेयर कारोबार सुरु भएको नेप्से बढेर २११७ अंकको बिन्दुमा कारोबार बन्द भएको छ। २४७ कम्पनीको कारोबार भएको २११ कम्पनीको सेयर कारोबार बढेको छ भने ३३ कम्पनी कारोबार घटेको छ। 

नेप्समा आज ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। नेप्सेमा आज १२ कम्पनीको सेयर कारोबारमा सकात्मक सर्किट लागेको छ। २०६ रुपैयाँ प्रिमियममा सेयर जारी गरेको हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबारमा लगातार ५औँ दिन पनि सकारात्मक सर्किट लागेको छ।


प्रकाशित : आइतबार, पुस २९ २०८०१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend