शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

महालक्ष्मी विकास बैंकका सेयरधनीलाई ६.४० प्रतिशत नगद लाभांश

शनिबार, पुस २८ २०८०
महालक्ष्मी विकास बैंकका सेयरधनीलाई  ६.४० प्रतिशत नगद लाभांश

उक्त साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकको साधारणसभाले ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैंकको शनिबार सम्पन्न २२औँ साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

बैंकका अनुसार आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन्।

उक्त साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ। सभाले आ.व. २०८०/८१ मा बैंकको लेखापरिक्षण गर्न जेबी राज भण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ।

साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले सेयरधनीहरुबाट प्राप्त सल्लाह सुझाव लिँदै ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न तथा गुणस्तरीय वित्तीय सेवा दिन बैंकका क्रियाकलापहरुलाई अझ विशिष्टीकरण गर्दै लैजाने बताए।


प्रकाशित : शनिबार, पुस २८ २०८०१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend