आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक वर्षमै ८६ लाख ९१ हजारभन्दा बढीले गरे हवाई यात्रा

अन्तर्राष्ट्रिय हवाई यात्रु संख्यामा रेकर्ड ब्रेक हुँदा आन्तरिकमा भने घटे

images
शनिबार, पुस २८ २०८०
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक वर्षमै ८६ लाख ९१ हजारभन्दा बढीले गरे हवाई यात्रा

२०२२ को तुलनामा २०२३ मा हवाई यात्रु संख्यामा ९.२ प्रतिशतले वृद्धि भएको छ भने उडान अवतरण ३ प्रतिशतले घटेको छ।

images
images

काठमाडौं- सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्। २०२३ मा अन्तर्राष्ट्रिय हवाई यात्रु संख्यामा रेकर्ड ब्रेक हुँदा आन्तरिकमा भने घटेको छ। 

images
images
images

विमानस्थल कार्यालयका अनुसार सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ अहिलेसम्मकै धेरै ४५ लाख ४१ हजार एक सय ३७ जनाले हवाई यात्रा गरेका छन्। यो २०२२ को तुलनामा ३०.१८ प्रतिशत र कोविड-१९ अघि '२०१८' काे भन्दा ४.५ प्रतिशतले बढी हो।

images
images

सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ त्रिभुवन विमानस्थल हुँदै ३१ हजार ३ सय १२ उडान अवतरण भएका थिए भने कार्गो आवागमन २२ हजार ९ सय ४६.३७७ टन रहेको छ। उडान अवतरण गत वर्षको तुलनामा २९.४० प्रतिशतले वृद्धि हो भने कार्गो आवागमन १३.९८ प्रतिशतले घटेको विमानस्थल कार्यालयले जनाएको छ।

images
images

यस्तै आन्तरिकतर्फ एक वर्षमा ४१ लाख ५० हजार ३ सय २६ जनाले हवाई यात्रा गरेका छन्। आन्तरिकतर्फ भने २०२२ को तुलनामा ७.०७ प्रतिशतले हवाई यात्रु संख्या घटेको विमानस्थल कार्यालयले जनाएको छ।

सन् २०२३ मा ९६ हजार ९ सय ८९ आन्तरिक उडान अवतरण भएको छ, जुन २०२२ को तुलनामा १०.३६ प्रतिशतले कम हो। विमानस्थल कार्यालका अनुसार आन्तरिकतर्फ कार्गो आवागमन संख्या भने ३ हजार ४ सय २६.८६१ टन रहेको छ जुन गत वर्षको तुलनामा १०.८७ प्रतिशतले बढी हो।

सन् २०२२ मा ७९ लाख ५४ हजार ४ सय ९५ यात्रुले हवाई यात्रा गरेका थिए। समग्रमा २०२२ को तुलनामा २०२३ मा हवाई यात्रु संख्यामा ९.२ प्रतिशतले वृद्धि भएको छ भने उडान अवतरण ३ प्रतिशतले घटेको विमानस्थल कार्यालयले जनाएको छ। २०२२ मा कुल उडान अवतरण एक लाख ३२ हजार भएको थियो।

२०२३ मा आन्तरिक हवाई यात्रु घट्नुमा आर्थिक मन्दी पहिलाे कारण हाे। अर्काेतर्फ हवाई इन्धनकाे मूल्य बढ्दा हवाई भाडा बढ्नु र हवाई टिकटमा भ्याट लागु भएका कारण पनि आन्तरिक हवाई यात्रु घटेको विमानस्थल कार्यालयले जनाएकाे छ।

सन् २०२२ मा ३४ लाख ८८ हजार ३ सय २८ जना, सन् २०२१ मा १४ लाख ८२ हजार ३ सय ५, २०२० मा ११ लाख ५ हजार १ सय ५९ र २०१९ मा ४१ लाख ३८ हजार ४ सय ८२ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए।

यस्तै आन्तरिकतर्फ २०२२ मा ४४ लाख ६६ हजार १५२ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए जुन सन् २०२१ को भन्दा ९ लाख ५४ हजार ४३४ ले बढी थियो। सन् २०२१ मा ३५ लाख ९ हजार ७१८ जनाले आन्तरिक हवाई यात्रा गरेका थिए।

२०१९ सम्म निरन्तररुपमा बढिरहेको आन्तरिक हवाई यात्रुको संख्या २०२० मा भने ब्रेक लागेको थियो। २०२० मा कोरोनाका कारण लामो समयसम्म हवाई उडान नै ठप्प भएको थियो। २०२० मा जम्मा १४ लाख ५७ हजार ५ सय ३९ जनाले मात्रै आन्तरिक हवाई यात्रा गरेका थिए भने २०१९ मा ३१ लाख ८८ हजार ४ सय ७९ आन्तरिक यात्रु संख्या थियो।


प्रकाशित : शनिबार, पुस २८ २०८०१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend