शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

अधिकांश वाणिज्य बैंकको सेयर मूल्य नेटवर्थनजिक

शनिबार, पुस २८ २०८०
अधिकांश वाणिज्य बैंकको सेयर मूल्य नेटवर्थनजिक

यस्तै नबिल बैंकको सेयर मूल्य ४९३ रूपैयाँमा झरेको छ। यस बैंकको नेटवर्थ २१८.२७ रूपैयाँ रहेको छ।

काठमाडौं- सेयर बजार परिसूचक नेप्से २०८९ को बिन्दुनजिक रहँदा अधिकांश वाणिज्य बैंकहरूको सेयर मूल्य नेटवर्थनजिक पुगेको छ।

स्टाण्डर्ड चार्टर्ड, एभरेष्ट, एनआईसी एसिया, नबिल र नेपाल एसबीआई बैंकबाहेक अधिकांश वाणिज्य बैंकको सेयर मूल्य नेटवर्थनजिक पुगेको छ। 

पछिल्लो समय स्टाण्डर्ड चार्टर्ड बैंकको सेयर ५२८ रूपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस बैंकको नेटवर्थ २२१.९९ रहेको छ।

५१९ रूपैयाँमा नेप्सेमा कारोबार भइरहेको एभरेष्ट बैंकको नेटवर्थ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४२.३४ रूपैयाँ रहेको छ।

यस्तै एनआईसी एसिया बैंकको सेयर ५१२.९ रूपैयाँमा कारोबार भइरहेको छ। यस बैंकको नेटवर्थ २०२ रहेको छ।

यस्तै नबिल बैंकको सेयर मूल्य ४९३ रूपैयाँमा झरेको छ। यस बैंकको नेटवर्थ २१८.२७ रूपैयाँ रहेको छ। 

यस्तै ३०२ रूपैयाँ प्रतिसेयर मूल्यमा कारोबार भइरहेको नेपाल एसबीआई बैंकको नेटवर्थग १८२.६९ रूपैयाँ रहेको छ।

यी ५ बाहेकका वाणिज्य बैंकको सेयर मूल्य भने ३०० रूपैयाँभन्दा कम रहेकाले नेटवर्थकै हाराहारीमा नेप्सेबाट खरिदबिक्री भइरहेको छ। 

सानिमा बैंकको सेयर मूल्य २५६ रूपैयाँमा झरेको छ। यस बैंकको नेटवर्थ १५८.८१ रूपैयाँ रहेको छ। 

यस्तै सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, प्रभु बैंक र कुमारी बैंकको सेयर मूल्यभन्दा नेटवर्थमा करिब २० रूपैयाँदेखि १०० रूपैयाँले मात्रै बढी रहेको छ। 

लक्ष्मी सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक भने सेयर मूल्य र नेटवर्थ करिब बराबर रहेको छ। 

networth bank.jpg
वाणिज्य बैंकको सेयर मूल्य र नेटवर्थ।


प्रकाशित : शनिबार, पुस २८ २०८०१३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend