शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

पछिल्लो दुई महिनामा आयातभन्दा रेमिट्यान्स बढी

बिहीबार , पुस २६ २०८०
पछिल्लो दुई महिनामा आयातभन्दा रेमिट्यान्स बढी

काठमाडौं- चालु आर्थिक वर्षको कात्तिक र मंसिर महिनामा आयातभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। कात्तिकमा १ खर्ब १२ अर्ब रेमिट्यान्स भित्रिएकोमा वस्तु आयात १ खर्ब ४ अर्ब रुपैयाँको मात्रै भएको छ। यस्तै मंसिरमा १ खर्ब ३५ रेमिट्यान्स भित्रिएकोमा वस्तु आयात १ खर्ब २९ अर्ब रुपैयाँ भएको छ। 

चालु आर्थिक वर्ष आन्तरिक अर्थतन्त्रमा आएको संकुचनका कारण आयात निरन्तररुपमा घटिरहेको छ। मंसिर महिनामा गत आर्थिक वर्षको तुलनामा आयात ३.३९ प्रतिशतले घटेर ६ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

यस्तै यस अवधिमा विप्रेषण आप्रवाह २७ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ भित्रिएको छ। साउन १ खर्ब १६ अर्ब रुपैयाँ, भदौमा १ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ र असोजमा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।


प्रकाशित : बिहीबार , पुस २६ २०८०१७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend