शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

आन्तरिक अर्थतन्त्र संकुचित हुँदा बाह्य क्षेत्रमा उभार, ११.८ महिनाको आयात धान्न पर्याप्त सञ्चिति

बिहीबार , पुस २६ २०८०
आन्तरिक अर्थतन्त्र संकुचित हुँदा बाह्य क्षेत्रमा उभार, ११.८ महिनाको आयात धान्न पर्याप्त सञ्चिति

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मंसिर महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै विदेशी मुद्रा सञ्चिति थप बढेको देखाएको छ। आन्तरिक अर्थतन्त्र भने कमजोर भइरहेको सन्दर्भमा बाह्य क्षेत्रमा सुधार देखिएको छ।

वैदेशिक व्यापारमा आएको संकुचन, विप्रेषण आप्रवाहमा भएको उच्च वृद्धि र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा मूल्यवृद्धि घट्दै गएकाले बाह्य क्षेत्रमा सुधार देखिएको हो।

गत असार मसान्तसम्ममा नेपालसँग ११ अर्ब ७१ करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति १३.६ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। उक्त सञ्चिति ११.८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। मंसिरसम्मको सञ्चितिले १४.१ महिनाको वस्तु आयात धान्न पर्याप्त छ।

समीक्षा अवधिमा चालुखाता १ खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा रहेको थियो। यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको मंसिरसम्ममा ६ अर्ब १३ करोड २५ लाख भित्रिएको छ।

समीक्षा अविधिमा उपभोक्तामा आधारित मुद्रास्फीति दर ४.९५ प्रतिशत रहेको छ।


प्रकाशित : बिहीबार , पुस २६ २०८०१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend