आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

लगातार तीन कारोबार बढेपछि फेरि स्थिर बन्यो सेयर बजार

images
बिहीबार , पुस २६ २०८०
images
लगातार तीन कारोबार बढेपछि फेरि स्थिर बन्यो सेयर बजार
images
images

काठमाडौं- गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता पछिल्ला तीन कारोबार लगातार बढेपछि अन्तिम कारोबार स्थिर बनेको छ। पहिलो कारोबारमा आइतबार २६.३६ अंकले घटेको बजार लगातार ६६.६९ अंकले बढेपछि बिहीबार पुन: थामिएको हो।

images
images
images

बिहीबार ०.६२ अंकले स्थिर रहँदै २०८८.९९ बिन्दुमा पुगेको छ। १२१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ। ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यो साता आइतबार २६.३६ अंकले घटेको बजार सोमबार ३६.५७ अंकले बढेको थियो। मंगलबार पुन: २०.६२ अंकले बढेको बजार बुधबार पनि ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको थियो। 

images
images

लगातार तीन दिनको वृद्धिले लगानीकर्ताहरू मनोवैज्ञानिक आधार बिन्दुसम्म बजार पुग्नेमा आशावादी देखिएका छन्। अहिले संगठित लगानीकर्ताहरू पनि सुधारोन्मुख देखिएको बजार २२०० को बिन्दुसम्म पुग्ने अपेक्षामा छन्।  

लगातार बढ्दै २८८.५१ अंकको सुधार देखिएपछि गएको ५ गते ३२.७७ अंकले घटेर बजार थामिएको थियो। त्यससहित लगातार ११७.७६ अंकले घटेपछि बजारमा गएको साता बुधबार सुधार देखिएको थियो। तर बिहीबार पुन: झिनो अंकले घटेको बजार यो साता आइतबार पनि घटेको थियो। त्यसयता भने बढेको बजार बिहीबार स्थिर बनेको छ। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको हो। 


प्रकाशित : बिहीबार , पुस २६ २०८०१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend