शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा लगातार सर्किट, कतिसम्म पुग्ला?

बिहीबार , पुस २६ २०८०
हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा लगातार सर्किट, कतिसम्म पुग्ला?

गत सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो। बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य बढेर ४५२.६० रुपैयाँ पुगेको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट लागेको छ।

गत सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो। बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य बढेर ४५२.६० रुपैयाँ पुगेको छ। बिहीबार पनि बजार खुल्नेबित्तिकै ९.९९ प्रतिशतले बजार बढेर सर्किट लागेको हो। 

कम्पनीको बिहीबार प्रतिकित्ता ४१.१० रुपैयाँले बढेको छ। पछिल्लो सयम समग्र सेयर बजारनै बढीरहेकोले हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य अझै माथि जाने अनुमान गरिएको छ। कम्पनीका संस्थापक लगानीकर्ताहरुले ६ महिनासम्म सेयर बिक्री गर्न नपाउने नेपाल धितोपत्र बोर्डको व्यवस्थाले पनि सेयर मूल्य अझै माथि जाने देखिएको हो। 

hrl.JPG

नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो।

रिइन्स्योरेन्सको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर आइतबार सूचीकरण भएको थियो। नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ।


प्रकाशित : बिहीबार , पुस २६ २०८०११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend