शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

साल्ट ट्रेडिङले लगानीकर्तालाई बोनस सेयर दिने

बिहीबार , पुस २६ २०८०
साल्ट ट्रेडिङले लगानीकर्तालाई बोनस सेयर दिने

कम्पनीले सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ।

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै कम्पनीले सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ।

पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो बोनस सेयर वितरण गरिनेछ।


प्रकाशित : बिहीबार , पुस २६ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend