शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा लगातार तेस्रो कारोबारमा हरियाली, ५ अर्ब १३ करोडको कारोबार

बुधबार, पुस २५ २०८०
सेयर बजारमा लगातार तेस्रो कारोबारमा हरियाली, ५ अर्ब १३ करोडको कारोबार

काठमाडौं- गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता पछिल्ला तीन कारोबार लगातार बढेको छ। पहिलो कारोबारमा आइतबार २६.३६ अंकले घटेको बजार त्यसयता लगातार ६६.६९ अंकले बढेको छ। 

आइतबार २६.३६ अंकले घटेको बजार सोमबार ३६.५७ अंकले बढेको थियो। मंगलबार पुन: २०.६२ अंकले बढेको बजार बुधबार पनि ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ। बुधबार ११८ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ। ११८ कम्पनीकै सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लगातार तीन दिनको वृद्धिले लगानीकर्ताहरू मनोवैज्ञानिक आधार बिन्दुसम्म बजार पुग्नेमा आशावादी देखिएका छन्। अहिले संगठित लगानीकर्ताहरू  पनि सुधारोन्मुख देखिएको बजार २२०० को बिन्दुसम्म पुग्ने अपेक्षामा छन्।  

लगातार बढ्दै २८८.५१ अंकको सुधार देखिएपछि गएको ५ गते ३२.७७ अंकले घटेर बजार थामिएको थियो। त्यससहित लगातार ११७.७६ अंकले घटेपछि बजारमा गएको साता बुधबार सुधार देखिएको थियो। तर बिहीबार पुन: झिनो अंकले घटेको बजार यो साता आइतबार पनि घटेको थियो। त्यसयता भने बजार बढेको छ। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको हो। 


प्रकाशित : बुधबार, पुस २५ २०८०१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend