शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

आज १२ कम्पनीको साधारणसभामध्ये ४ वटाको मात्रै लाभांश, कुनको कति?

बुधबार, पुस २५ २०८०
आज १२ कम्पनीको साधारणसभामध्ये ४ वटाको मात्रै लाभांश, कुनको कति?

रुरु जलविद्युत परियोजनाले पनि आज सभा बोलाएको छ। कम्पनीले गत आवको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

काठमाडौैं- आज बुधाबारमात्रै १२ वटा कम्पनीले साधारणसभा गर्दैछन्। १२ मध्ये ४ वटाले मात्रै लगानीकर्तालाई लाभांश दिने छन् भने ८ वटाले हात खाली गराएका छन्।

पुस मसान्तसँगै सूचीकृत कम्पनीलाई साधारणसभाको चटारो रहेको बेला आज १२ वटाको साधारणसभा गर्न लागेका हुन्।

आज सभा रहेका  कम्पनीमा सेयरधनीलाई लाभांश दिनेमा नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरी र रुरु जलविद्युत आयोजना रहेका छन्।

हात खाली बनाउने ८ कम्पनीमा हिमालयन हाइड्रोपावर, सगरमाथा जलविद्युत, लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, हिमालयम पावर पार्टनर, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन लघुवित्त वित्तीय संस्था रहेका छन्।

आज सभा बोलाएको हिमालयन डिस्टिलरीले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गरेको छ। पुस १२ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन्।

नेपाल ल्यूब आयलले पनि आज सभा बोलाएको छ। कम्पनीले गत आवको नाफाबाट २५ प्रतिशत बोनस सेयर र करसहित ५ नगद नगरी गरी ३० प्रतिशत लाभांश दिने प्रस्ताव रहेको छ। सभा प्रयोजनका लागि पुस १० बुक क्लोज गरिसकेको छ। पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन्।

मञ्जुश्री फाइनान्सले पनि आज सभा बोलाएको छ। कम्पनीले गत आवको नाफाबाट ५.२५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरेको छ। पुस १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन्।

रुरु जलविद्युत परियोजनाले पनि आज सभा बोलाएको छ। कम्पनीले गत आवको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ। पसु १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन्।


प्रकाशित : बुधबार, पुस २५ २०८०१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend