शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आकर्षक लाभांश, नगद र सेयर कति?

बुधबार, पुस २५ २०८०
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आकर्षक लाभांश, नगद र सेयर कति?

काठमाडौं- नयाँ जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ।

कम्पनीको १२६ औं सञ्चालक समिति बैठकले सेयरधनीका लागि १६ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

उक्त बोनस सेयर बीमा प्राधिकरणको स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन्। कम्पनीको हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ५५८ रुपैयाँ छ।

गत साउन २३ गते मात्रै कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी ३१ गते बाँडफाँट गरेको थियो।


प्रकाशित : बुधबार, पुस २५ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend