काठमाडौं- बुधबार पनि अमेरिकी डलरको मूल्य घटेको छ। १ अमेरिकी डलरको मूल्य १३३.२९ र खरिद दर १३२.६९ रुपैयाँ तय भएको छ।
पछिल्लो केही दिन यता अमेरिकी डलरको मूल्य घट्दै गइरहेको हो। मंगलबार १ अमेरिकी डलरको बिक्री दर १३३.३३ रुपैयाँ थियो।
बुधबार युरोपियन युरोको मूल्य घट्दा बेलायती पाउण्ड स्टर्लिङको दरमा भने सामान्य बढोत्तरी आएको छ। १ युरोको बिक्री दर १४५.७५ रुपैयाँ र खरिद दर १४५.०९ रुपैयाँ रहेको छ। मंगलबार १ युरोको बिक्री दर १४५.९० रुपैयाँ थियो।
यस्तै मंगलबार १६९.४८ मा बिक्री भएको पाउण्डको बुधबारका लागि १६९.५० रुपैयाँ छ। पाउण्डको खरिद दर भने आब १६८.७४ रुपैयाँ छ।